एमसीसी उपाध्यक्ष सुमार र ऊर्जामन्त्री भुषालबीच भेटवार्ता (भिडिओ) – Nepal Press

एमसीसी उपाध्यक्ष सुमार र ऊर्जामन्त्री भुषालबीच भेटवार्ता (भिडिओ)

काठमाडौं । काठमाडौं भ्रमणमा रहेकी अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज ऊर्जामन्त्री पम्फा भुषालसँग भेटवार्ता गरेकी छिन् । मन्त्रालयमा भएको भेटमा दिगो आर्थिक विकास तथा एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको जनाइएको छ ।

सुमार र मन्त्री भुषालबीच सडक सञ्जाल, बिद्युत प्रसारण लाइन निर्माणलगायत भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको स्मरण गराउँदै उपाध्यक्ष सुमारले कार्यान्वयनमा अघि बढ्न आग्रह गरिन् । सुमारको जवाफमा मन्त्री भुसालले दुई मुलुकबीच बलियो सम्बन्ध रहिआएको बताउँदै राजनीतिक सहमती र जनताको चाहना अनुसार एमसीसीलाई अघि बढाइने बताइन् ।

द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नेपालको विकास प्रक्रियालाई अघि बढाएको बताउँदै उनले भविष्यमा अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर