सांसद रेखा झाको स्वीकारोक्ति- सभामुखले बलजफ्ती गरेपछि माइक प्रहार गर्न खोजेकी हुँ – Nepal Press

सांसद रेखा झाको स्वीकारोक्ति- सभामुखले बलजफ्ती गरेपछि माइक प्रहार गर्न खोजेकी हुँ

काठमाडौं । नेकपा एमालेकी सांसद रेखा झा ले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेकाले आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गरेकी छन् ।

एमाले सांसदको अवरोध र नाराबाजीकाबीच सभामुखले जबर्जस्ति सदनको कारवाही अघि बढाएर अर्थमन्त्रीलाई बजेट विधेयक पेश गर्न दिएपछि झा ले माइक निकालेकी थिइन् ।

किन माइक निकालेको भन्ने प्रश्नमा उनले भनिन्–सभामुखले संविधानविपरित संसद चलाएकाले उहाँलाई प्रहार गर्नकै लागि माइक तानेकी हुँ । यस्ता गुरिल्ला सभाामुखलाई के को सम्मान गर्ने ?

रौतहटबाट समानुपातिक निर्वाचित भएकी झा ले सभामुखलाई अब सभामुख मान्न नसकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर