आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड – Nepal Press

आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ ।

भारतमा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलशीपमध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ विजनेश पार्टनरको रूपमा सम्मानित गरेको हो । अघिलो वर्षमा आईएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भुमिका खेलेको हुनाले आईएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

आईएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रूपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

यस कम्पनीले ब्याकोहो लोडर, हाइड्रा क्रेन, कम्प्याक्टर सेगमेन्टका मेसिनहरू नेपालभरी बिक्रीवितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर