वागमती प्रदेश योजना आयोगमा नयाँ पदाधिकारी नियुक्त


काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् ।
बस्नेत लामो समयदेखि भूमि अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । उनी गुठी तथा भूमि सम्बन्धका विज्ञ हुन् ।
त्यस्तै श्रेष्ठ एमाले रामेछापका नेता हुन् । उनी २०५४ मा भीरपानी गाविसको अध्यक्ष निर्वाचित भएका थिए । प्याकुरेल एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् भने नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष छन् । उनी शिक्षा तथा योजनाविद हुन् ।
नवनियुक्त योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रवार पद तथा गापनीयताको सपथ गराएकी छन् ।