चट्याङ लागेर रुपन्देहीमा बालकको मृत्यु, पाँच घाइते – Nepal Press

चट्याङ लागेर रुपन्देहीमा बालकको मृत्यु, पाँच घाइते

रूपन्देही । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

मर्चवारी गाउँपालिका-३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साँझ साढे ५ बजेपछि २ जना खेतबाट घाँस काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । सँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले जानकारी दिए ।

घाइतेहरूको उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर