टिभिएसले सार्वजनिक गर्यो अपाचे आरटीआर, के छ विशेषता ? – Nepal Press

टिभिएसले सार्वजनिक गर्यो अपाचे आरटीआर, के छ विशेषता ?

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे टीआरटी २०० फोभी सार्वजनिक गरेको छ ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिङ उत्साहीहरुका लागि नयाँ प्रविधिको हुने बताए ।

जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकहरुले टिभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैं नै रुचाएको बताए ।

यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लज लिभरसहित उपलब्ध छ । हाल यो मोटरसाइकल ग्लस ब्ल्याक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर