सन्तान जन्माएपछि ऋचाको अनुभव : म जत्तिको धनी मान्छे कोही लागिरहेको छैन ! – Nepal Press

सन्तान जन्माएपछि ऋचाको अनुभव : म जत्तिको धनी मान्छे कोही लागिरहेको छैन !

छोराको नाम राखिन् : आभ्यान विक्रम राणा

काठमाडौं । नायिका ऋचा शर्मा राणा अहिले सन्तानसुखको महसुस गरिरहेकी छिन् । मंगलबार पहिलो सन्तानस्वरुप छोरालाई जन्म दिएकी अभिनेत्रीेले आमा बनेपछि आफूजस्तो धनीमान्छे कोही झैं नलागेको बताएकी छिन् । सामाजिक संजालमा ऋचाले सन्तान जन्माएपछिको मनोवाद लेखेकी छिन् ।

‘पर्दामा अनेक भूमिका निभाउँद निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइँन जीवनमा’ ऋचा लेख्छिन्, ‘आजसम्म के कति कमाएँ, लेखाजोखा छैन तर, आमा झैं माया गर्ने सासु आमा हुनुुहुन्छ । बुवाझैं आशिष दिने ससुरा बुवा हुनुहुन्छ । मनले मागे भन्दा बढी बुझिदिने जीवनसाथी । आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही झैंै लागिरहेको छैन ।’

ऋचाले सोही मनोवादमार्फत छोराको नाम पनि राखेकी छिन् : आभ्यान विक्रम राणा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *