सम्पत्ति शुद्धीकरणको मुद्दामा परशुराम बस्नेतले पाए सर्वोच्चबाट सफाइ – Nepal Press

सम्पत्ति शुद्धीकरणको मुद्दामा परशुराम बस्नेतले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् ।

वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो ।

उच्च अदालतबाट सफाइ पाएका बस्नेतविरुद्ध विभाग सर्वोच्चमा गएको थियो । सर्वाेच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो ।

मुद्दा चल्न उनी युवा संघको सचिव थिए । हाल उनी ४० वर्ष उमेर हदका कारण युवा संघबाट बिदा भएर खेलकुद महासंघ तथा एमाले मोरङको राजनीतिमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर