माधव पक्षले पुर्याएको क्षति नेकपा एकताको विरासतबाट कभर हुने एमालेको आँकलन – Nepal Press

माधव पक्षले पुर्याएको क्षति नेकपा एकताको विरासतबाट कभर हुने एमालेको आँकलन

काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूह फुटेर भएको क्षति नेकपा एकता प्रक्रियापछि एमालेमै रहेका माओवादीबाट पूर्ति हुने आँकलन गरेको छ । स्थानीय तहमा माधव नेपाल पक्ष १० प्रतिशतभन्दा तल देखिएपछि त्यसको क्षति एमालेमा समाहित भएका माओवादीबाट पूर्ति हुने एमालेको आँकलन हो ।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी इन्चार्ज शंकर पोखरेलले स्थानीय तहमा निकै कम क्षति भएको र त्यो भन्दा तल जनस्तरमा जाँदा माधव पक्ष नगन्य हुने बताए ।

पोखरेलले भने, ‘औसतमा १० प्रतिसत भन्दा कमको क्षति भएको छ । जनस्तरमा जादा त्यो क्षति निकै न्युन रहने निश्चित छ । त्यस न्युन हिस्साको पुर्ति त नेकपाको एकताको विरासतवाट सजिलै प्राप्त गरिने छ । अध्यादेशको षडयन्त्रबाट पार्टीले जे जति क्षति व्यहोर्नु परेको छ, छोटो समयमै त्यो भन्दा कयौ गुणा ज्यादा उपलव्धि हासिल गर्ने संकल्प पार्टीले लिएको छ ।’

लुम्बिनी प्रदेशभित्रका स्थानीय तहमा भने एमालेबाट निर्वाचित जनप्रतिनिधि करीव साढे ३ प्रतिशतमात्र नेकपा एकीकृत समाजवादीमा सामेल भएको पोखरेलले बताएका छन् ।

वामदेव गौतम, बेदुराम भुसाल लगायत केन्द्रका एक दर्जन नेताहरु नेकपा एसमा लागे पनि जति तल गयो त्यति कम क्षति भएको उनको भनाइ छ । गौतमको गृहजिल्ला बर्दियाबाट आधा दर्जन वडा सदस्यबाहेक अरु प्रतिनिधि एमालेमै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर