अमेरिकी दूतावासले भन्यो : एमसीसी उपाध्यक्षको भ्रमण ‘गलत सूचना’लाई सम्बोधन गर्न केन्द्रित – Nepal Press

अमेरिकी दूतावासले भन्यो : एमसीसी उपाध्यक्षको भ्रमण ‘गलत सूचना’लाई सम्बोधन गर्न केन्द्रित

काठमाडौं । अमेरिकी दूतावासले एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको उद्देश्य सम्झौताका ‘गलत सूचना’लाई सम्बोधन गर्नु रहेको जनाएको छ ।

बिहीवार विज्ञप्ति जारी गर्दै दूतावासले एमसीसी सैन्य रणनीतिको हिस्सा नरहेको र नेपालको सार्वभौमसत्ताविरुद्ध नरहेको भनेर बुझाउनु रहेको उल्लेख गरेको छ ।

नेपाल भ्रमणमा उपाध्यक्ष सुमारले नेपाली अधिकारीहरु, व्यापार र समुदायिक प्रतिनिधिहरुलाई भेट्ने समेत जनाइएको छ । ५०० मिलियन डलरको सम्झौतालाई अघि बढाउनेबारे आवश्यक कदमको छलफल गर्न उनी काठमाडौंमा सक्रिय हुने जनाइएको छ ।

आज बिहान काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट थालेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीलाई भेटेर पनि उनले एमसीसीको अनुमोदबारे दबाब दिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर