भूतपूर्व गोर्खाको माग पुरा गर्नेबारे बेलायत र नेपाल सरकारबीच वार्ता सुरु, यूकेका रक्षामन्त्री बेन वालेस सहभागि – Nepal Press

भूतपूर्व गोर्खाको माग पुरा गर्नेबारे बेलायत र नेपाल सरकारबीच वार्ता सुरु, यूकेका रक्षामन्त्री बेन वालेस सहभागि

लन्डन । आगामी डिसेम्बरमा हुने भनिएको बेलायत र नेपाल सरकार तथा गोर्खा अभियन्ताहरुको त्रिपक्षीय वार्ताअघि बिहीवार लन्डनमा तयारी बैठक बसेको छ । बैठकमा बेलायती रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डकर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधि सहभागि थिए ।

बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बरमा गरिने वार्ताको तयारीका बारे छलफल भएको दूतावासले जनाएको छ ।

विगतमा भएको सहमतिअनुसार वार्ता समितिहरुको गठन, वार्ता समितिको टर्म्स अफ रेफरेन्स र आवश्यक तयारीका विषयमा छलफल गरिएको दूतावासद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बर महिनाभित्रै शुरु गर्ने भनिएको वार्ताको तयारीका विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ र आमरण अनसनमा बस्ने गोर्खा सत्याग्रहका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहभागी थिए ।

गोर्खा अभियन्ताहरुले १३ दिन लामो अनशन गरेपछि ब्रिटिश सरकार वार्तामा बस्न तयार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर