महालेखाले रोक्यो ३ दिनका लागि बजेट निकासा – Nepal Press

महालेखाले रोक्यो ३ दिनका लागि बजेट निकासा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले ३ दिनका लागि तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा रोकेको छ ।

कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेका छ ।

परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार बन्नुपर्ने महालेखाले सचेत गराएको छ ।

अध्यादेशबाटआएको बजेट प्रतिस्थापन विधेयकमार्फत केही कार्याक्रम परिवर्तन भएकाले सम्बन्धित निकायहरुलाई बजेट निकासा गर्न निर्देशन दिएको महालेखाले जनाएको छ । परिवर्तन भएका कार्याक्रममा बजेट निकासा गर्न नमिल्ने भएकाले कार्यालयले अनिवार्य खर्चबाहेक अन्य खर्चमा रोक लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *