पूर्वसभामुख दमननाथले भने- सभामुखमाथि दलीय पूर्वाग्रहको प्रश्न गम्भीर, अध्यक्षता गर्न असहज हुनेछ – Nepal Press

पूर्वसभामुख दमननाथले भने- सभामुखमाथि दलीय पूर्वाग्रहको प्रश्न गम्भीर, अध्यक्षता गर्न असहज हुनेछ

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले सभामुखको निष्पक्षतामाथि प्रश्न उठ्नु गम्भीर विषय भन्दै यसले प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्न असहज हुने टिप्पणी गरेका छन् ।

ढुंगानाले ट्वीटरबाट आफ्नो धारणा राख्दै पटक-पटक अविश्वासको वातावरणमा अध्यक्षता असहज हुँदै जाने बताएका छन् । उनले प्रतिनिधिसभाको कार्यकाल पुनः घाइते नहोस् भन्दै सचेत समेत गराएका छन् ।

ढुंगानाले भनेका छन्, ‘सभामुखबाट भइसकेको निर्णयबारे निष्पक्षता, तटस्थता अथवा दलीय पूर्वाग्रहको प्रश्न उठ्नु गम्भीर अवस्था हो । पटक-पटक अविश्वासको वातावरणमा अध्यक्षता असहज हुँदै जान्छ । प्रतिनिधिसभाको कार्यकाल कतै पुनः घाइते नहोस् !’

सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले संसद अधिवेशन शुरू भएकै दिन अवरोध गरेको छ । एमालेले सभामुख एमाले विभाजनमा सक्रिय रहेको र पार्टीले कारवाही गरेका सांसदको सूचना टाँस नगरी कानून उल्लंघन गरेको भन्दै १४ सांसदलाई सदनमा प्रवेश दिएसम्म बैठक चल्न नदिने बताएको छ ।


प्रतिक्रिया

One thought on “पूर्वसभामुख दमननाथले भने- सभामुखमाथि दलीय पूर्वाग्रहको प्रश्न गम्भीर, अध्यक्षता गर्न असहज हुनेछ

  1. नेपालको संसदीय व्यवस्थाकै सबैभन्दा अयोग्य र अशिष्ट सभामुख हुन अग्नी प्रसाद सापकोटा । उनले प्रचण्डको इसारा अनुसार काम गर्ने गरेको कुरा मिडियामा धेरैपटक पढिएको छ । संसदीय व्यवस्थामा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने कुरालाइ लत्याउँने काम स्वयम अग्नी प्रसाद सापकोटाले गरेकाछन् । पचण्डले पार्टीबाट सांसदलाइ कार्वाही गरेको सूचना पठाउँदा एक घण्टामा सूचना प्रकासित गर्ने तर त्यही कसुर र प्रकृयाबाट अर्को दलले सांसद हटाएको सूचना दिँदा अर्कै निर्णय गर्ने । यिनै व्यक्ति हुन । त्यसैले अयोग्य मात्र होइन उनी राजनीतिक पूवाग्रही समेत देखिएकाछन् । त्यसैले उनि नैतिक रूपले संसदको अध्यक्षता गर्नै मिल्दैन । तर नैतिकता भएको भए त यस्तो तुच्छता देखाउने पनि थिएनन् । देशको संसदको धज्जि उडाउने नै सभामुख हरे हामी नेपालीहरूको अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर