अमेरिका भन्छ : एमसीसी संशोधन हुँदैन, माओवादी भन्छ : त्यसो भए संसदबाट पास हुन दिन्नौं – Nepal Press

अमेरिका भन्छ : एमसीसी संशोधन हुँदैन, माओवादी भन्छ : त्यसो भए संसदबाट पास हुन दिन्नौं

एमसीसीले सत्ता गठबन्धन भत्किदैन,अमेरिकाको भर छैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङले नेपाल प्रेसलाई भने, ‘हाम्रो पार्टीको बटमलाइन स्पष्ट छ । संसोधन र परिमार्जनबिना एमसीसी सम्झौता पारित हुन सक्दैन ।’

एमसीसीको नेपाल सम्झौता परिमार्जन हुन नसक्ने अमेरिकी जवाफ आएको एकदिनपछि सत्तारुढ दलको यस्तो प्रतिक्रिया आएको हो ।

बुधबार मात्रै राजधानीको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संसोधनपछि मात्र एमसीसी पारित हुनसक्ने बताएका थिए ।

‘राष्ट्रिय स्वाभिमानसँग जोडिएका कतिपय कुराहरु परिमार्जन हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ’ गुरुङले भने, ‘अमेरिकी जवाफ आएपछि हामी पार्टीमा थप छलफल गर्छौं र अघि बढ्छौं ।’

एमसीसीको कारण सत्ता गठबन्धनमा दरार नआउने दावी उनले गरे । ‘एमसीसी राष्ट्रिय स्वभिमानसँग जोडिएको कुरा हो । गठबन्धन सरकार संचालन गर्ने कुरा हो । यी दुई अलग कुरा हुन् । एमसीसीले गठबन्धनमा असर पार्दैन’ गुरुङले भने ।

नेपाल भ्रमणमा आउनुको पूर्वसन्ध्यामा एमसीसी उपाध्यक्ष फतिमा सुमारले बुधबार बेलुका सरकारले सोधेका ११ मूलप्रश्नको जवाफ दिएकी थिइन् जहाँ एमसीसी सैन्य रणनीतिको हिस्सा नरहेको पनि उल्लेख छ ।

एमसीसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नरहेको अमेरिकी भनाईप्रति माओवादी केन्द्र अझै संशकित देखिन्छ । सचेतक गुरुङले अमेरिकाले भन्ने एउटा र गर्ने अर्को गर्नसक्ने भन्दै शंका व्यक्त गरे । ‘यस्तै कुराहरुको कारण हामी यथास्थितीमा सम्झौता पारित हुनसक्दैन भन्ने हाम्रो ठम्याइ हो’ गुरुङले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर