धर्मनिरपेक्षताको पक्षपाति वीपीले भनेका थिए- हिन्दू राज्य ‘झेली’ हो – Nepal Press
सन्दर्भः वीपी जन्म जयन्ती

धर्मनिरपेक्षताको पक्षपाति वीपीले भनेका थिए- हिन्दू राज्य ‘झेली’ हो

सत्तारुढ दल नेपाली कांग्रेसभित्र पछिल्लो समय ‘धर्म’ को मुद्दाले निकै चर्चा पाइरहेको छ । पार्टीभित्रको हिन्दू राज्य पक्षधर मतलाई आगामी महाधिवेसनमा आफूतिर तान्ने होडमा रहेका नेताहरु को बढी धार्मिक देखिने भन्ने अघोषित प्रतिस्पर्धामा छन् । यस सन्दर्भमा नेपाली कांग्रेसले आदर्श मान्ने गरेका भूतपूर्व प्रधानमन्त्री वीपी कोइराला धर्मप्रति कस्तो दृष्टिकोण राख्थे भन्ने जान्नु वाञ्छनीय हुन सक्छ ।

वीपीका अभिव्यक्ति एवं लेखनीहरु पढ्दा थाहा हुन्छ, उनलाई ईश्वरको अस्तित्वका विषयमा दोधारमै थिए । यसै कुरालाई लिएर उनले कतै आफूलाई ‘एग्नोस्टिक’ भनेका छन् । एग्नोस्टिक भनेको ईश्वर छन् भनेर विश्वास नहुनु, तर छैनन् भनेर पनि भन्न नसक्ने एक द्विविधापूर्ण अवस्था हो । केही महिना अगाडि मधुपर्कले प्रकाशन गरेको वीपी विशेष अंकमा पनि उनको यससम्वन्धी लेख आएको छ ।

कतिपय स्थानमा धार्मिक स्वतन्त्रता र कतिपय स्थानमा धर्मनिरपेक्षता भन्दै उनले आफ्नो राजनीतिक लाइनमा धर्मको कित्ता क्लीयर गरेका थिए । उनका डायरीदेखि अन्तरवार्ताहरुमा यस्तो भेटिन्छ । जसरी पुष्पलालदेखि मदन भण्डारीसम्मका कम्युनिष्ट नेताले धर्मनिरपेक्षको लाइन लिए ।

वीपी धर्म निरपेक्षताका पक्षपाति थिए । उनका छोरा तथा कांग्रेस महामन्त्री शसांक कोइरालाजस्तो उनले हिन्दू राज्यको कहिले पनि वकालत गरेनन् । अहिले ‘वीपी हिन्दू राष्ट्र’ कै पक्षमा हुनुन्थ्यो भनेर हिन्दू राष्ट्रियतालाई कांग्रेसको एजेन्डा बनाउनुपर्छ भनेर गरिएको लबिङ वीपीको विचारसँग मेल खाँदैन ।

कतिपय स्थानमा धार्मिक स्वतन्त्रता र कतिपय स्थानमा धर्मनिरपेक्षता भन्दै उनले आफ्नो राजनीतिक लाइनमा धर्मको कित्ता क्लीयर गरेका थिए । उनका डायरीदेखि अन्तरवार्ताहरुमा यस्तो भेटिन्छ । जसरी पुष्पलालदेखि मदन भण्डारीसम्मका कम्युनिष्ट नेताले धर्मनिरपेक्षको लाइन लिए, वीपीको पनि लाइन यही नै थियो ।

यस्ता छन् तीन तथ्य

भारतको राजधानी नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरु स्मारक तथा संग्रहालयमा अंग्रेजी भाषामा लेखिएको एक वीपी डायरी बेवारिसे थियो । केही वर्ष अगाडि वीपीको हस्तलिखित डायरी उनका पुत्र शशांक कोइरालाको सिफारिसमा नेपाल आयो । नेपाल ल्याएका थिए पदमबहादुर थापाले । हाल त्यो डायरी काठमाडौंको शिखा बुक्सले ‘वीपी कोइरालाको डायरी (२००८–२०१३)’ नाममा बजारमा सार्वजनिक गरेको छ । अंग्रेजीबाट नेपाली अनुवाद महेश पौड्यालले गरेका छन् ।

त्यो डायरीमा वीपीले नेपालमा जहानिया राणा शासन अन्त्य भएपछि सुरु भएको प्रजातान्त्रिक नेपालको साढे ६ वर्षे संक्रमणकालका दैनिक टिपोटहरु गरेका छन् । २००८ देखि २०१३ सम्मका घटनाक्रम यसमा वर्णित छन् ।

अन्तरवार्ताको धर्मको प्रसंगमा बोल्दै वीपीले भनेका छन्, ‘नेपाल हिन्दू राज्य हुँदै होइन । कसैले हिन्दू राज्य हो भन्छ भने त्यो झेली मात्रै हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ ।

त्यसस डायरीमा वीपी कोइरालाको धर्मनिरपेक्षतावादी विचार अभिव्यक्त भएको पाइन्छ । डायरीमा वीपीले तनहुँको भिमाद भन्ने ठाउँमा भाषण गरेको एक प्रसंगमा धर्मनिरपेक्षताको प्रसंग निकालेका छन् । भिमादमा उनले पाँच मुद्धामा आफ्ना कुरा राखे । जसमा तेश्रो मुद्दा थियो धर्मनिरपेक्षता ।

कांग्रेस नेता प्रदीप गिरी प्रधानसम्पादक भएर प्रकाशन गरिएको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ मा पनि वीपीको धर्मनिरपेक्षताको लाइन झल्किएको छ ।

गिरीले काठमाडाैंबाट प्रकाशन हुने विक्ली मिररमा दिएको अन्तरवार्तामा कोइरालाले आफूलाई कट्टर धर्मनिरपेक्षतावादीको पक्षमा उभ्याएका छन । विक्ली मिररको २०३६ साल साउन ४ (सन् १९७९ जुलाई २०) को अंकमा उनले नेपाल हिन्दूराष्ट्र बन्न नहुने धारणा राखेका थिए । त्यो अन्तर्राष्ट्रिय मामिलाको अन्तरवार्ता भएकोले वीपीले लिखित प्रश्नहरु मागेर जवाफ पनि लेखेरै दिएका थिए ।

अन्तरवार्ताको शीर्षक छ, ‘नेपाललाई हिन्दू राष्ट्र भन्नु झेली हो ।’

कांग्रेसको चारतारे झन्डामा हरेक ताराको आ-आफ्नो अर्थ लाइएको थियो । एक ताराको अर्थ राष्ट्र-राष्ट्रियता, अर्को ताराले प्रजातन्त्र, अर्कोले समाजवाद र चौथोले धार्मिक स्वतन्त्रता । अहिले त्यो चार ताराको नारा तीन अर्थमा झरेको छ ।

अन्तरवार्ताको धर्मको प्रसंगमा बोल्दै वीपीले भनेका छन्, ‘नेपाल हिन्दू राज्य हुँदै होइन । कसैले हिन्दू राज्य हो भन्छ भने त्यो झेली मात्रै हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । त्यसैले मन्दिर वा प्रार्थानास्थल भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।’

वनारसमा वि.सं. २००३ मा वीपीहरुले नेपाली राष्ट्रिय कांग्रेस गठन गरे । त्यसको दुई वर्षपछि सुवर्ण शमशेरहरुले वि.सं. २००५ मा कलकत्तामा नेपाली प्रजातन्त्र कांग्रेस स्थापना गरे । दुवै पार्टीको एकीरण गरेर वि.सं. २००६ चैत्र २६ मा नेपाली कांग्रेस बनेको हो । त्यस बेलाको एकीकृत कांग्रेस पार्टीमा प्रजातान्त्रिक कांग्रेसकै झण्डा प्रयोग भयो ।

कांग्रेसको चारतारे झन्डामा हरेक ताराको आ-आफ्नो अर्थ लाइएको थियो । एक ताराको अर्थ राष्ट्र-राष्ट्रियता, अर्को ताराले प्रजातन्त्र, अर्कोले समाजवाद र चौथोले धार्मिक स्वतन्त्रता । अहिले त्यो चार ताराको नारा तीन अर्थमा झरेको छ । अहिलेको कांग्रेसको ‘सिग्नेचर’ नारा हो- राष्ट्रियता, लोकतन्त्र र समाजवाद । प्रजातन्त्र अपडेट भएर लोकतन्त्र भएकोमा धार्मिक स्वतन्त्रता अहिले गायब छ ।

कांग्रेसको एक ताराको अर्थ धार्मिक स्वन्तन्त्रता हो भनेर केही नेताहरुले भने भन्दै आएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले विराटनगरका धेरै कार्यक्रमहरुमा कांग्रेसको चार तारामा एक ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको सार्वजनिक भाषण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर