एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, विमानस्थलको सुरक्षा अत्यन्तै कडा – Nepal Press

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, विमानस्थलको सुरक्षा अत्यन्तै कडा

काठमाडाैं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउँदैछन् । कतार एयरलाइन्सको विमानबाट आज विहान सवा ९ बजे एमसीसी टोली त्रिभुवन विमानस्थलमा अवतरण हुनेछ ।

नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उनीहरु आएका हुन् । एमसीसी टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

विमानस्थल भित्रिनेको सुरक्षा चेकजाँच निकै कडा बनाइएको छ भने बाहिरिनेमाथि पनि कडा निगरानी गरिएको छ । समाचार संकलनका लागि पुगेका सन्चारकर्मीलाई पनि भीआईपी पक्षमा प्रवेश दिइएको छैन ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक(आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो ।

अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति दिनाका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर तदनुरुप काम अघि बढाएको थियो ।

एमसीसी टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने सम्भावना छ । त्यसपछि उनीहरुले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नछन् ।


प्रतिक्रिया

One thought on “एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, विमानस्थलको सुरक्षा अत्यन्तै कडा

  1. Why we are giving like that security to them??? When our Nepalese leader gone out to there that time no one given security facility to them but our Nepal government really much crazy!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर