बालकोटमा एमालेका महिला सांसदलाई राधिका शाक्यको दर – Nepal Press

बालकोटमा एमालेका महिला सांसदलाई राधिका शाक्यको दर

काठमाडौं । नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् ।

संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

दरको कार्यक्रम भने ओली पत्नी राधिका शाक्यले आयोजना गरेको र शाक्यकै निम्तोमा आफूहरु दर खान गएको एमाले सांसद निरु पालले बताइन् ।

तीजको दर खाने दिन पारेर शाक्यले आयोजना गरेको कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा.शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान गएकी थिइन् ।

अध्यक्ष ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर