अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पुम्से तेक्वान्दोका एघार खेलाडी छनोट – Nepal Press

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पुम्से तेक्वान्दोका एघार खेलाडी छनोट

काठमाडाै‌ं । भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ११ खेलाडी छनोट भएका छन् ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा मंगलबार नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बास्डर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट खेलाडीको छनोट गरिएको हो ।

दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बास्डर भर्चुअल पुम्से प्रतियोगितका लागि आ–आफ्नो स्पर्धामा पहिलो भएका ११ खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, अब्सुलुटका सुभन गुरुङ, मूलपानीका भिजन तामा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसुदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर