युएस ओपनमा ‘जायन्ट किलर’बन्दै क्यानडाकी किशोरी – Nepal Press

युएस ओपनमा ‘जायन्ट किलर’बन्दै क्यानडाकी किशोरी

एजेन्सी । किशोरी खेलाडी लिला फर्नाण्डेजले पाँचौं वरियताकी इलिना भिटोलिनालाई पराजित गरी वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन् ।

फाइनल प्रवेशका लागि उनले आर्यना सावालेन्कासँग प्रस्तिपर्धा गर्नेछिन् । सोमबार १९ वर्ष लागेकी क्यानडेली फर्नाण्डेजले पहिलो सेटमा ६–३ को जित निकाले पनि दोस्रो सेट ६–३ ले नै गुमाएकी थिइन् । निर्णायक सेट टाइब्रेकमा ७–६(७–५)ले जितेर इतिहास कायम गरिन् ।

२६ वर्षीय भिटोलिना तेस्रो सेटमा ५–२ ले अगाडि थिइन् । तर फर्नाण्डेजको शशक्त प्रदर्शनअघि उनी पराजित रहिन् ।

दोस्रो वरियताकी सावालेन्काले फ्रेन्च ओपन विजेता बारबोरा रेजिकोभामाथि ६–१ र ६–४ को सहज सेटमा जित निकालिन् ।

करिअरमा पहिलोपल्ट ग्राण्डस्लाम सेमिफाइनलमा पुग्ने क्रममा फर्नाण्डेजले नाओमी ओशाका, सन् २०१६ की युएस ओपन विजेता एन्जेलिक कर्वर र ओलम्पिक कांस्य विजेता भिटोलिनालाई पराजित गरिसकेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर