एमसीसीमा समर्थन माग्दै ठाकुरलाई देउवाको फोन, लोसपाको सर्मथन रहने प्रतिवद्धता – Nepal Press

एमसीसीमा समर्थन माग्दै ठाकुरलाई देउवाको फोन, लोसपाको सर्मथन रहने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहयोग माग्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेका छन् ।

मंगलबार दिउँसो तीन बजे देउवाले ठाकुरलाई फोन गरेका थिए। देउवाको आग्रहपछि उनले एमसीसी अनुमोदन गराउन सरकारलाई लोसपाको साथ रहने प्रतिवद्धता जनाएका थिए।

भोलि संघीय संसदको दुवै सदनका बैठक शुरु हुँदै छन् । सरकारले यही अधिवेशनबाट एमसीसी अनुमोदन गराउने तयारी गरिरहेको छ । त्यसका लागि देउवाले सक्रियता बढाएका छन्।

अनुमोदनका लागि संसदमा एमसीसी अगाडि बढाउनुअघि यसबारे उठेका विभिन्न आशंकाहरु समेटेर सरकारले एमसीसीलाई विभिन्न ११ प्रश्न पठाएको छ। एमसीसीबाट ती आशंकालाई प्रष्ट पार्ने गरि जवाफ आएमा एमसीसी सम्झौता अगाडि बढाउने तयारी सरकारको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर