खोप लगाएका पर्यटकले मात्र मुस्ताङ प्रवेशको अनुमति पाउने (आदेशसहित) – Nepal Press

खोप लगाएका पर्यटकले मात्र मुस्ताङ प्रवेशको अनुमति पाउने (आदेशसहित)

मुस्ताङ । कोरोनाविरुद्धको खोप लगाएका र एन्टीजेन परीक्षण गरेका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमण रोकथामविरुद्ध आदेश जारी गर्दै असोज ५ गतेसम्म यो नियम लागू हुने जनाएको छ ।

भदौ २० गते बसेको सर्वदलीय बैठकले २२ गते राति १२ः०० बजे देखि असोज ०५ गते राति १२ः०० बजे सम्मका लागि यो आदेश जारी गरेको हो ।

आदेशको उल्लङ्घन गरेमा कानूनी कारवाही समेत हुने प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ, स्वदेशी एवं विदेशी व्यक्तिहरुलाई मुक्तिनाथ मन्दिर परिसर भित्र प्रवेश गर्ने, सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भिडभाड हुने जस्ता कार्यक्रमको आयोजना तथा सञ्चालन गर्ने जस्ता कामहरु गर्न निषेध गरिएको छ ।

हेर्नूस आदेश :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर