बालिका बलात्कार आरोपमा नौजना पक्राउ, बालिका गर्भवती – Nepal Press

बालिका बलात्कार आरोपमा नौजना पक्राउ, बालिका गर्भवती

सुर्खेत । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिका बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले बताए ।

चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी बालिकाले हिजो पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

बालिकाले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन् ।

मुद्दा दर्ता गरेसँगै बालिकाले बलात्कार गर्नेलाई देखाएर पहिचान गराउँदै प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।

उनका अनुसार बलात्कार आरोप लागेकामध्ये केहीलाई नियन्त्रणमा लिन बाँकी छ ।

उनका अनुसार बालिकाको पेटमा गर्भ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर