लोकेसन हन्टिङ गर्न बलिउड निर्देशक सुरज वर्जत्य नेपाल आइपुगे – Nepal Press

लोकेसन हन्टिङ गर्न बलिउड निर्देशक सुरज वर्जत्य नेपाल आइपुगे

निर्देशकसहितको टोली मनाङ पुग्यो

काठमाडौं । बलिउड फिल्म ‘उचाई’ छायांकनको लागि ‘लोकेसन हन्टिङ’ गर्न बलिउड निर्देशक सुरज वर्जत्यसहितको टोली नेपाल आइपुगेको छ ।

निर्देशक वर्जत्सयसहित निर्माण युनिटको टोली आज हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामे पुगेको छ ।

मनाङ पछि उक्त टोली मुस्ताङ जाने कार्यक्रम रहेको फिल्मको नेपाल व्यवस्थापनको जिम्मा लिएको कम्पनी थ्री ह्विलर्सले जनाएको छ ।

अक्टोबर ५ देखि नेपालको हिमाली जिल्लाहरुमा फिल्म सुटिङ हुँदैछ । अमिताभ बच्चन, डेनी डेनजोङ्पा, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा लगायतका कलाकार नेपाल आउने कार्यक्रम छ ।

मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई नेपालको लुक्ला, नाम्चे, लाङटाङमा छायांकन गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *