पर्यटन बोर्डमा पर्यटन मजदुरको धर्ना, टिम्स खारेज गर्न माग (तस्बिरहरु) – Nepal Press

पर्यटन बोर्डमा पर्यटन मजदुरको धर्ना, टिम्स खारेज गर्न माग (तस्बिरहरु)

काठमाडौं । पर्यटन मजदुरले आफ्ना माग राख्दै पर्यटन बोर्डमा धर्ना दिएका छन् । पर्यटन श्रमिक संघ (निटोग)को नेतृत्वमा सोमबारबाट प्रदर्शन भइरहेको छ ।

पर्यटन मजदुरले टिम्स खारेज हुनुपर्ने पहिलो माग राखेका छन् । साथै, टिम्सलाई एकद्धार प्रणालीमार्फत वितरणको व्यवस्था गर्नु पर्ने पनि उनीहरुको माग छ ।

सम्पूर्ण क्षेत्रको टिम्स प्रमिटलाई विद्युतीय प्रणालीमा लैजान र श्रमिकको तथ्याङ्क अनिवार्य गर्नलगायतका संघले ८ बुद्धे मागसहित प्रदर्शनमा उत्रिएको हो ।

टिम्सको आम्दानी पर्यटन श्रमिकलाई सम्मानजनक रुपमा पर्यटन बोर्ड र श्रमिकहरुलाई ५०÷५० प्रतिशत वितरण गर्नुपर्ने, पदयात्रा वा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष सम्मान तरिकाले यथाशिघ्र परिचालन गर्नु पर्ने यस्तै एनटिभी र युएनडिपीको परियोजना पूर्णतः श्रमिकमैत्री आयोग गठन गर्नु पर्ने माग राखेका छन् ।

के हो टिम्स ?

पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टन) सँगको सहकार्यमा १० वर्ष अघि पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड स्थपना गरिएको हो ।

प्रत्येक विदेशी पर्यटक पदयात्रा तथा पर्वतारोहणमा जाँदा अनिवार्य टिम्स कार्ड लिनु पर्ने व्यवस्था छ । यसबाट प्राप्त पैसा अहिले बाट करिब ८० करोड रुपैयाँभन्दा माथि पुगिसकेको छ ।

यसरी विदेशी पर्यटकले टिमस कार्ड लिएवापत प्राप्त भएको पैसाको १० प्रतिशत रकम पदयात्रा मजदुर कल्याणकारी कोषमा १० प्रतिशतले रकम जम्मा गरिने गरिएको छ । यो रकम नै अहिले पर्यटन मजदुरले समान परिचालन गर्न माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर