अन्तर्राष्ट्रिय एयरपोर्ट गेटअघि एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू) – Nepal Press

अन्तर्राष्ट्रिय एयरपोर्ट गेटअघि एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि विरोध प्रदर्शन गरिएको छ ।

एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूहलगायतको आव्हानमा युवाहरूले एमसीसीविरुद्ध नाराबाजीसँगै कालो झण्डा देखाएका छन् ।

विमानस्थलको मुख्य गेटअघि गरिएको प्रदर्शनमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारलगायतका अधिकारी नेपाल आउने तयारी गरिरहेको पूर्वसन्ध्यामा एमसीसी खारेजीका स्वर अझ चर्किन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर