सरकारको सपथग्रहणमा तालिबानले दियो ६ देशलाई निम्तो, चिनियाँ र रुसी प्रतिनिधि काबुल जाँदै – Nepal Press

सरकारको सपथग्रहणमा तालिबानले दियो ६ देशलाई निम्तो, चिनियाँ र रुसी प्रतिनिधि काबुल जाँदै

सरकार घोषणाको तयारीमा तालिबान

काबुल । तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको जनाइएको छ ।

सरकार बनाउनुअघि तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई समारोहमा बोलाएको छ । सम्भवतः तालिबानले गठन गर्ने अफगानिस्तानको नयाँ सरकारमा ६ वटा मुलुकका प्रतिनिधि सहभागि हुने जनाइएको छ ।

टर्की, रुस, चीन, इरान, पाकिस्तान र कतारलाई समारोहमा बोलाइएको छ । आफूसँग राम्रो सम्बन्ध भएका मुलुकका प्रतिनिधिलाई तालिबानले निम्तो दिएको हो जसमा रुस र चीन पनि सामेल छन् ।

तालिबानले निम्ता दिएका मुलुकको सम्बन्ध अमेरिका र उसका साझेदार मुलुकसँग हार्दिक छैन । चीन र रुसको सम्बन्ध अहिले न्यून विन्दुमा गुज्रिएको छ । भनिएअनुसार टर्कीका राष्ट्रपति अर्दोगनलाई अमेरिकी राष्ट्रपति बाइडेन रुचाउँदैनन् ।तालिबान मन्त्रीमण्डल चाँडै घोषणा हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *