झापाको भद्रपुरमा मेगा बैंकले सञ्चालनमा ल्यायो एटीएम सेवा – Nepal Press

झापाको भद्रपुरमा मेगा बैंकले सञ्चालनमा ल्यायो एटीएम सेवा

काठमाडौं । मेगा बैंकले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका – ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको हो।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको र मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको उपस्थितिमा एटीएम बुथको उद्धघाटन गरिएको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ ।

स्थापनाको १२ वर्षमामेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३ हजार २०० भन्दा बढी मेगा रेमीट सञ्जालमा ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर