राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म संचालन हुने – Nepal Press

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म संचालन हुने

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । प्रस्तावअनसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म भएको छ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर