काठमाडौँ महानगरपालिका साक्षर घोषित, ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर – Nepal Press

काठमाडौँ महानगरपालिका साक्षर घोषित, ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर

काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो ।

साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ । मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो । कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर