दार्चुला घटनामा सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’ – Nepal Press

दार्चुला घटनामा सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं । सरकारले दार्चुलाको तुइन घटनामा भारतलाई आज कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले नेपाल प्रेसलाई कूटनीतिक नोट पठाएको पुष्टि गरे ।

भारतीय सीमा सशष्त्र प्रहरी बल एसएसबीका एक जवानले तुइन खुस्काइदिएपछि महाकालीमा खसेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयलाई पठाएको थियो ।

गृहले कूटनीतिक नोट पठाउन परराष्ट्रलाई पत्र लेखेको थियो । सोही निष्कर्षका आधारमा परराष्ट्रले कूटनीतिक नोटमार्फत भारतलाई पत्र लेखेको हो । यो घटनामा मौनता साँधेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइन खुस्काइदिएपछि धामी महाकालीमा हराएका थिए । भारतीय विदेश मन्त्रालयले यसबारे आफूलाई औपचारिक जानकारी नभएको समेत बताएको थियो ।


प्रतिक्रिया

One thought on “दार्चुला घटनामा सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’

  1. भारतीय विदेश मन्त्रालयले छापामा समाचार देखिएको तर कुनै अौपचारिक सूचना नपाएको बताएको थियोे ।अर्थात नेपालको चेला-सरकारलाई “सरकारी सूचना भेज केटा” भनेपछि आदेश तामेल गय्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर