टेलिकमसँग कल ट्यापिङ प्रविधि नै छैन, हल्लाको पछि नलागौं : प्रवन्ध निर्देशक अधिकारी – Nepal Press

टेलिकमसँग कल ट्यापिङ प्रविधि नै छैन, हल्लाको पछि नलागौं : प्रवन्ध निर्देशक अधिकारी

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिफोन कल ट्यापिङ गर्ने उपकरण नै नभएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै टेलिकमले कसैको पनि कल ट्यापिङ नगरेको बताए ।

उनले भने- ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल. आई. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरण सँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एल.आई. इक्वीपमेन्ट किन्न पाइदैन ।’

पत्रकार सम्मेलनमा अधिकारीले नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताए । अधिकारीले ५ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर