आफूहरुलाई जापान जान दिनेबारे कूटनीतिक पहल गर्न विद्यार्थीको आग्रह – Nepal Press

आफूहरुलाई जापान जान दिनेबारे कूटनीतिक पहल गर्न विद्यार्थीको आग्रह

काठमाडौं । जापानको प्रवेशआज्ञा (भिसा) पाएर पनि कोभिड-१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् ।

कोभिड-१९ सङ्क्रमण बढीरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो । जापानका लागि प्रवेशआज्ञा रोकिँदा झण्डै १० हजार विद्यार्थी प्रभावित भएको पीडितले बताएका छन् । प्रवेश आज्ञा पाइसकेकामध्ये कतिपयको कागजात दूतावासमा रहेको आरके पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर