बालगृहकी बालिका बलात्कारप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग – Nepal Press

बालगृहकी बालिका बलात्कारप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

सुर्खेत । रुकुम पश्चिममा बालगृहमा रहेकी बालिका बलात्कार भएको घटनाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । रुकुमपश्चिम माओवादी केन्द्रका संयोजक गोपाल शर्माले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेका हुन् ।

कारवाहीका लागि आठबीस गाउँपालिकाले गरेको प्रयत्नप्रति आभार प्रकट गर्दै माओवादीले दोषीलाई कारवाहीको माग गरेको हो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले बलात्कार गरेको भन्दै १५ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन् ।

प्रहरीले जाहेरी लिएसँगै कुश्माखरको खोजी भएको जनाएको छ । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

उनको निवेदनमा आफूलाई दुइ वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेकोसमेत उल्लेख गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर