घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका थिए, परे पक्राउ – Nepal Press

घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका थिए, परे पक्राउ

मोरङ । आफ्नो घरमा कारखाना संचालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् ।

उनलाई  प्रहरीले आइतबार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा  बेलबारीबाट  पक्राउ  गरेकाे  थियाे ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद१ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर