भोजपुर नगर क्षेत्रका विद्यालय असोज १ देखि खुल्ने – Nepal Press

भोजपुर नगर क्षेत्रका विद्यालय असोज १ देखि खुल्ने

भोजपुर । भोजपुर नगरपालिका क्षेत्रका विद्यालय असोज १ बाट नियमित रूपमा संचालन गरिने भएको छ ।

मेयर कैलाशकुमार आलेको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले कोरोना जोखिम कम हुँदै गएको ठहरसहित भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्णय गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर