सुनिल क्षेत्रीको गोलमा नेपालविरुद्ध भारतको अग्रता दोब्बर – Nepal Press

सुनिल क्षेत्रीको गोलमा नेपालविरुद्ध भारतको अग्रता दोब्बर

काठमाडौं । भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २-० को अग्रता बनाएको छ ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रामक बनेको भारतले ६२औं मिनेटमा फारुख चौधरीको गोलसँगै अग्रता लिएको थियो ।

त्यसपछि पनि निरन्तर आक्रामण गरेको भारतका लागि कप्तान सुनिलले ८०औं मिनेटमा काउन्टर अट्याकमा सुन्दर गोल गरे । नेपालले कर्नर पाएको अवस्थामा भारतीय खेलाडीले क्लियर गरेका बलमा उत्कृष्ट रन बनाएर वान् भर्सेज वानमा गोलकिपर किरण चेम्जोङलाई बिट् गर्दै सुनिलले भारतको अग्रता दोब्बर पारेका थिए ।

भारतीय फुटबल टोलीबाट सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेका सुनिलको नेपालविरुद्ध यो छैठौं गोल हो । सुनिलले यसअघि नै नेपालविरुद्ध पाँच गोल गरिसकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर