नेकपा एसको प्रचार विभाग प्रमुख जगन्नाथ, श्रीप्रसादले पाए प्रवास इन्चार्जको जिम्मेवारी – Nepal Press

नेकपा एसको प्रचार विभाग प्रमुख जगन्नाथ, श्रीप्रसादले पाए प्रवास इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् । स्थायी कमिटीको हालै बसेको बैठकले खतिवडालाई प्रचार विभागको जिम्मा दिएको हो ।

पूर्व सांसद खतिवडा अनेरास्ववियुका पूर्व महासचिव तथा प्रखर वक्ता हुन् । प्रवक्ता पद नराखिए पनि प्रचार विभाग प्रमुखले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने प्रचलन छ । तर स्थायी कमिटीमा उनी नभएकाले तत्काल प्रवक्ता भनेर कसैलाई तोकिएको छैन ।

नेकपा एसले बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको केन्द्रीय सचिवालय समेत गठन गरेको छ ।

नेकपा एमालेमा महासचिवको नेतृत्वमा रहने सचिवालयको अभ्यास नेकपा एसले गरेको हो । सचिवालयको पहिलो बैठक आज बस्ने बताइएको छ ।

नेकपा एसले मोर्चा संगठनको इन्चार्जमा डा. बिजय पौडेल र प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद साहलाई दिएको छ । साह यसअघि एमाले र साविक नेकपामा पनि प्रवास हेर्ने जिम्मेवारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर