माधव नेपाललाई भीम रावलको प्रश्न : पद पाइन भन्दैमा पार्टी फुटाउने ? (भिडिओ) – Nepal Press

माधव नेपाललाई भीम रावलको प्रश्न : पद पाइन भन्दैमा पार्टी फुटाउने ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निजी चाहना र समान हैसियतको अध्यक्ष नपाएका कारण माधव नेपालले पार्टी फुटाएर गएको दावी गरेका छन् ।

सुदूरपश्चिमका कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै रावलले विचार र सिद्धान्तमा फरक नहुँदा नहुँदै पद नपाएका कारण पार्टी फुटाउँदै हिड्ने हो भने कुनै पनि पार्टी चल्न नसक्ने बताए ।

रावलले भने : अध्यक्ष एउटा हुन्छ,प्रधानमन्त्री एउटा हुन्छ । उपाध्यक्ष हाम्रो पार्टीमा ५ जना छौं । अब पद नपाउने जतिले पार्टी फुटाउँदै हिड्ने हो भने कुनै पार्टी चल्न सक्छ ? माधव नेपालजीले हाम्रो विचार समूहको संस्थागत निर्णय विपरित पार्टी फुटाउनुमा निजी कुरामात्र छन् ।

रावलले आफूमाथि पार्टी विभाजनका लागि दस्तावेज लेखेको भनेर नेपाल पक्षका नेताहरुले लगाएको आरोपको समेत खण्डन गरे । भीम रावलको नाम लिदा दुई चारजना कार्यकर्ता थपिन्छन् भन्ने आशमा यस्तो कुप्रचार गरिएको उनको भनाइ थियो ।

रावलले भने : जब माधव नेपाल र अध्यक्ष केपी ओलीबीच चार घण्टा वार्ता गरेर पार्टी एकताको कुरा भयो त्यसपछि मैले एकतालाई असर पर्ने कुनै अभिव्यक्ति समेत दिएको छैन । मेरो नाममा कार्यकर्ता थप्न कुप्रचार भएका छन् । आफ्नै गृहजिल्ला अछाममा आफूले अघि बढाएका कतिपय व्यक्ति र राष्ट्रियसभा अध्यक्ष शेरवहादुर कुँवरप्रति लक्षित गर्दै रावलले एमालेको सुर्य चिन्हबाट मत लिएर जित्ने र पार्टीलाई धोखा दिनेहरुको हैसियत अब देखिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर