एमाले महासचिवले भने : जेठ २ दोहोरिदैन, यो नेकपा एकताको निरन्तरता हो (भिडिओ) – Nepal Press

एमाले महासचिवले भने : जेठ २ दोहोरिदैन, यो नेकपा एकताको निरन्तरता हो (भिडिओ)

बनेपा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिए नआउने प्रष्ट पारेका छन् । माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए ।

काभ्रेमा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ गतेलाई आधारभूमत रुपमा हेक्का राखेर एकताको मर्म अनुसार पार्टी अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले भने : जेठ २ जस्ताको त्यस्तै हुँदैन,फेरि दोहोरिए आउँदैन । हामी कानूनी हिसाबले एमाल भयौं तर जेठ २ भनेर बस्दा एकताको मर्म विपरित हुन्छ । आधारमूत रुपमा एकताको भावनालाई आत्मसात गरेर जेठ २ मा जाने कुरा हो ।

महासचिव पोखरेलले सांसद पद त्यागेर एकताको प्रक्रियामा उभिएका पूर्व माओवादी नेताहरुलाई कमजोर बनाउने वा हतोत्साही गराउने कुरा कुनै पनि हालतमा नहुने भन्दै उनले अहिलेको एमाले जेठ २ अघिको नभएको समेत प्रष्ट पारे ।

महासचिव पोखरेलले अब एमालेमा प्यानल बनाएर चुनाव नहुने भन्दै प्यानलबन्दीले पार्टीलाई तलैसम्म विभाजित बनाउने बताए । जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा, रेशम लामा लगायतका नेताहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर