काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्यो, शनिवार ३८६ संक्रमित थपिए – Nepal Press

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्यो, शनिवार ३८६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २८९ जना, भक्तपुरमा ४४ र ललितपुरमा ५३ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ६६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ४,२३७ जना, भक्तपुरमा १,३२६ जना र लललितपुरमा २१०० जना छन् ।

१९ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको दर ९४.५ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर