एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित – Nepal Press

एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित

काठमाडौं । नेकपा एमालेको धनकुटाको समानान्तर कमिटी शनिवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

समानान्तर जिल्ला कमिटीको बैठक बसेर नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले जानकारी दिए ।

शनिवारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन समेत गरेका छन् ।

धनकुटामा स्थानीय तह, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि भने सबै एमालेमै बस्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर