पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा नियुक्त – Nepal Press

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् । उनी यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यारत थिए ।

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर