‘सांसद त्यागेर एमाले भएका हौं, जेठ २ लाई सिर्जनात्मक रुपमा लागू गर्छौं’ (भिडिओ) – Nepal Press

‘सांसद त्यागेर एमाले भएका हौं, जेठ २ लाई सिर्जनात्मक रुपमा लागू गर्छौं’ (भिडिओ)

बनेपा । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझी २०७५ जेठ २ मा जस्ताको त्यस्तै फर्किदा एमालेको मात्र एकता हुने भन्दै १० बुँदे सहमतिको कार्यन्वयन सिर्जनात्मक ढंगबाट गरिने बताएका छन् ।

एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले अहिलेको एमाले तत्कालीन माओवादीसहितको नेकपाको निरन्तरता भएकाले एमालेकोमात्र एकताले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्न नसकिने बताए ।

रायमाझीले भने : जेठ २ को हुबहु कार्यन्वयन र एमालेको मात्र एकताले हामी मूल प्रवाह बन्न सक्दैनौं । त्यसले त एकता प्रक्रियामा आएकाहरुलाई निषेध गर्छ । एकथरी मिल्दा अर्कोथरि विस्थापित हुनेगरि १० बुँदे लागू हुँदैन । त्यसैले अध्यक्ष कमरेडले १० बुँदेलाई रचनात्मक ढंगबाट ग्रहण गरेर सिर्जनात्मक ढंगले लागु गर्ने भन्नुभएको हो ।

पूर्व माओवादी समूहबाट एमाले एकतामा रहेका रायमाझीले आफूहरु सांसद र मन्त्रीको लोभ त्यागेर एमाले बनेको बताए । उनले एमालेसँग एक्लै लड्न नसकिने भएकाले सत्तापक्षले महागठबन्धन बनाएको भन्दै ती सबैलाई परास्त गर्न नेकपा एकताको निरन्तरताका रुपमा एमालेलाई अघि बढाइने बताए ।

रायमाझीले भने : हामी नेकपा एकताकै प्रक्रियाबाट आएका हौं । आज सांसद जोगाउन अध्यादेश र मन्त्री खान परमादेशको सहारा लिनेहरुले जस्तो हामीले पदको लोभ गरेका भए माओवादीतिरै जाने थियौं । हाम्रो त माओवादीले सांसद खाइदियो,अदालतले मन्त्री खाइदियो तर पनि कोइ बात छैन ।

एमाले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा बनेपामा जारी भेलामा महासचिव ईश्वर पोखरेल,काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा,सांसद नविना लामा,पूर्व राज्यमन्त्री रेशम लामा लगायत सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर