पोखरा-१७ मा १४औं अधिवेशन विवादित – Nepal Press

पोखरा-१७ मा १४औं अधिवेशन विवादित

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा शुक्रबार कास्कीका पालिकाहरूमा वडा अधिवेशन भएको छ । भने कतिपयमा अधिवेशन जारी नै छ । वडाको नयाँ नेतृत्वसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित गर्नेछ ।

पोखरा वडा नम्बर १७ को अधिवेशन विवादित बनेको छ । वडा कै एक क्रियाशील सदस्यले प्रजातान्त्रिक पद्धति बोकेको पार्टीले गुण्डागर्दी शैलीमा अधिवेशन गरेको आरोप लगाएका छन् ।

बिहान साढे १० बजे डाकिएको अधिवेशन बेलुका साढे ५ मा मात्र सुरु भएको उनले बताए ।

‘भदौ १८ गते तोकिएको अधिवेशनमा अघिल्लो दिन नै कोठे भेला गरेर ५६ जना क्षेत्रीय प्रतिनिधि र ३० जना वडा समिति गरी ८६ जनाको नाम तयार गरेको हो,’ उनले भने ।

निर्वाचन अधिकृत समय तालिका सार्वजनिक गरेर मतदान स्थलबाट भागेर क्रियाशील सदस्यलाई फ्लोरबाट उम्मेद्वारी दिनबाट बञ्चित गरिएको उनले आरोप लगाए । सहभागीले उम्मेद्वारी फारम माग्दा अधिवेशन स्थलबाट बाहिर निकालिएको पनि उनको भनाई थियो । उम्मेद्वारी फारम वितरण नगरी संस्थापन पक्षले एकलौटी अधिवेशन स्थल कब्जा गरेको उनले बताए ।

नेपाली कांग्रेस, पोखरा १७ का सभापती देवराज आचार्यले सबै आरोप झुटो रहेको बताए । सर्वसम्मत टुंगिएको समितिमा कुनै शंका नरहेको उनको भनाई थियो । वडामा कति समिति रहन्छ, कति क्षेत्रीय प्रतिनिधि रहने भन्ने थाहा नहुनेले विवाद भयो भन्नु गलत रहेका उनले जनाए ।

‘हामीले कोभिडका कारण ३ वटा बुथ राखेर सर्वसम्मत नाम लिएर आउन अनुरोध गरेका थियौं, त्यो काम भइसकेको छ क्रियाशिल भेला गराएका नाम लिएर आएको हो,’ उनले भने । देवराज आचार्य नै १४ औं अधिवेशनबाट पोखरा १७ का सभापती भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर