राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई पक्राउ – Nepal Press

राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ । झापा खादुनावारी गाविस-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ बस्ने बुद्दीमान खाती पक्राउ परेका हुन् ।

काठमाडौं बाट नेपालगञ्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुई बजे उनीहरु नेपालगञ्ज उप-महानगरपालिका-२० स्थित राँझा एयरपोर्टमा ओर्लेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दिउसो तीन बजे नेपालगञ्ज विमानस्थलको आगमन कक्ष बाहिरपट्टि शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले उक्त सुन फेला पारेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *