पुल्चोक पुगेर प्रकाण्डले भेटे गृहमन्त्री – Nepal Press

पुल्चोक पुगेर प्रकाण्डले भेटे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच शुक्रबार भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो ।

भेटवार्तापछि प्रकाण्डले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत गृहमन्त्रीसँग भेटघाट भएको जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खॉडसंग ३ वुंदे सहमतिको कार्यान्वयन, नेकपाका वन्दी नेता र कार्यकर्ताको रिहाई, दार्चुला तुईन घटना, र देशको राजनीतिक परिस्थितिवारे भेटवार्ता । २०७८ भाद्र १८’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर