सेजनमा नयाँ नेतृत्व, बराल अध्यक्ष निर्वाचित – Nepal Press

सेजनमा नयाँ नेतृत्व, बराल अध्यक्ष निर्वाचित

काठमाडौं । आर्थिक पत्रकारको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न सेजनको २२औं साधारणसभा तथा अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख बरालले प्रतिस्पर्धी क्लिकमाण्डु डटकमका सम्पादक आशिष ज्ञवाली र नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगानालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा क्यापिटल नेपालका पत्रकार सुजन ओली निर्वाचित भएका छन् । उनले नयाँ पत्रिकामा कार्यरत पत्रकार कृष्ण रिजाललाई पराजित गरेका छन् । यसैगरी महासचिव पदमा शिलापत्र डटकममा कार्यरत पत्रकार भागवत भट्टराई निर्वाचित भएका छन् । भट्टराईले अर्थपथ डटकमका कार्यकारी सम्पादक विनय बञ्जरालाई पराजित गरेका हुन् ।

यस्तै सचिवमा बाह्रखरी डटकमका विजनेश ब्यूरो प्रमुख हिमाल पौडेल निर्वाचित भएका छन् । पौडेलले आर्थिक अभियान दैनिकका हिमा विक, नेपाल टेलिभिजनकी संवाददाता एलिजा उप्रेतीलाई पराजित गरेका हु्न् ।

कोषाध्यक्षमा कारोबार दैनिककी लक्ष्मी सापकोटा निर्वाचित भएकी छन् । उनले फिस्कल नेपाल डटकमका कार्यकारी सम्पादक सुजन ढुंगाना र अर्थपथ डटकमकी कमला अर्याललाई पराजित गरेकी हुन् ।

यसैगरी कार्यसमिति सदस्यमा अनलाइनखवर डटकममा कार्यरत अच्युत पुरी, अर्थतन्त्र डटकमका सोभित थपलिया, राष्ट्रिय समाचार समितिका सिभी अधिकारी, विजमाण्डु डटकमका अमर बडुवाल, र ‘नेपाली पैसा’ की इसरा कोइराला निर्वाचित भएका छन् ।

सेजनमा आर्थिक क्षेत्रमा पत्रकारिता गर्दै आएका २ सय ५० भन्दा बढी सदस्यको आबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर