तारकेश्वर र शंखरापुरका उपमेयर पनि एकीकृत समाजवादीमा – Nepal Press

तारकेश्वर र शंखरापुरका उपमेयर पनि एकीकृत समाजवादीमा

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा सनाखन गर्ने समय सकिनै एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधि पनि खुल्न थालेका छन् । काठमाडौंका तारकेश्वर नगरपालिका र शंखरा नगरपालिकाका उपमेयर पनि एकीकृत समाजवादीका पक्षमा खुलेका छन्।

शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर तारकेश्वरकी उपमेयर भवानी डोटेल धिताल र शंखरापुरकी उपमेयर शुक्र लक्ष्मी श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। आजै महानगरका दुईसहित काठमाडौं ५ वडाध्यक्षले नेकपा एसको पक्षमा सनाखत गरेका थिए ।

नेकपा एसका सांसद जीवनराम श्रेष्ठले २२ गतेसम्म सनाखत गर्ने जनप्रतिनिधिहरु थपिने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर