एसएमजी चाेरी अभियाेग लागेका दुई सैनिक रिहा – Nepal Press

एसएमजी चाेरी अभियाेग लागेका दुई सैनिक रिहा

काठमाडौं । नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट(एसएमजी) हतियार चोरी गरेको आरोपमा कैद भुक्तान गरिरहेका दुई सैनिक शुक्रबार रिहा भएका छन् ।

सैनिक विशेष अदालतले अमल्दार लव कुमार गुरुङ्ग र सिपाही सरोज तामाङलाई थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।२०७५ पुसमा सैनिक ब्यारेकबाटै  (सर्ट मेसिन गन) चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

सैनिक विशेष अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्नुको साथै साविककै दर्जामा पुनवर्हाली गर्ने फैसला गरेको छ । उनीहरु आजदेखि सेवामा फर्किएका छन् ।

दुई सैनिकले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालले चोरी गरी साथीको हत्यामा प्रयोग गरेका थिए । ढकालले आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्या गरेका थिए । सैनिक अदालतले उनलाई जन्मकैदको सजाय तोकिसकेको छ ।

तस्बिर सुजन पन्तको फेसबुकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर