२५ जनाको उपस्थितीमा फिल्म छायांकन गर्न काठमाडौं प्रशासनको अनुमति – Nepal Press

२५ जनाको उपस्थितीमा फिल्म छायांकन गर्न काठमाडौं प्रशासनको अनुमति

सुटिङको पनि प्रशासनले अनुगमन गर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ जना उपस्थित भएर फिल्म छायांकन गर्न अनुमति दिएको छ ।

शुक्रबार बसेको प्रमुख जिल्ला अधिकारी र चलचित्र विकास बोर्डका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले फिल्म छायांकनका गतिविधि खुला गर्ने निर्णय गरेको जानकारी दिए ।

‘तोकिएको संख्यामा उपस्थित भएर फिल्म छायांकन गर्नुपर्नेछ नत्र कानूनी कार्वाही गर्न बाध्य हुन्छौं’ सीडीओ पराजुलीले भने, ‘सहायक सीडीओ नेतृत्वको समितिले निरन्तर फिल्म हल र सुटिङको अनुगमन गर्नेछ ।’

फिल्म हल खुलाउन अनुमति दिइएपनि हल खुल्न अझै केही दिन लाग्ने भएकाले खुलेपछि फिल्म चल्ने समय निर्धारण गर्ने जानकारी पनि सीडीओ पराजुलीले दिए । बिहीबारदेखि फिल्म हल खुलाउन काठमााडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुमति दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर